१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तिवारी यादव वीरगन्ज
२०८० पौष ८ आइतबार १२:४६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सशस्त्रविरुद्ध नेपाल प्रहरीकाे फराकिलाे जित 

Read Time : > 1 मिनेट
२०८० पौष ८ आइतबार १२:४६:००

प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरीलाई ८९ रन फराकिलाे अन्तरले हराएकाे छ।

नारायणी रंगशालामा जारी खेलमा सशस्त्र लक्ष्य पूरा गर्नुअगावै १३.२ बलमा ५१ रनमै अलआउट भएपछि पुलिसले ८९ रनले जितेको हो। 

पुलिसका लागि प्रदीप ऐरीले २२ बलमा २१ रन बनाए। अर्को खेलाडी आसिफ शेखले २१ बलमा आठ रन, हरि शंकर साह आठ बलमा आठ रन र सन्दीप जोराले दुई बलमा एक रन बनाएर आउट भए।

सशस्त्रका खेलाडी अविनाश बोहोरा, कमल खत्री, विपिन खत्री र लोकेश बमले शून्य रनमा आउट भए। सशस्त्रका बलर शेर मल्लले २.२ ओभरमा तीन रन दिँदै पाँच विकेट लिए।

यस्तै, अर्को बलर ललित राजवंशीले दुई विकेट लिए। ललितले तीन ओभरमा १४ रन दिए। सागर ढकाल र आरिफ शेखले एक–एक विकेट पाए।

यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको हो। पुलिसका ओपनर ब्याटसम्यान दिलीप नाथले यो प्रतियोगिताको पहिलो अर्धशतक बनाउने खेलाडी भएका हुन्। 

उनले सशस्त्र प्रहरी बलका विरुद्ध ३८ बलमा ५६ रन बनाएर आउट भए। दिलीपले पाँच चौका र चार छक्काले मद्दतले अर्थशतक पूरा गरेका हुन्।

खेलमा पुलिसका सुनील धमलाले ४३ बल खेल्दै ३५ रनको योगदान गरे। अर्को खेलाडी शंकर राणा नटआउट १७ बलमा २२ रन र करण केसीले १० बलमा ९ रन बनाए। 

सशस्त्रका बलर अविनाश बोहोराले तीन विकेट लिए भने रमेश कुर्मी दुई विकेट लिए। अविनाशले चार ओभरमा १२ रन दिएका हुन्। रमेशले चार ओभरमा ३९ रन दिएका हुन्। 
 
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।

सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ।

आजै दिउँसो १ बजे हुने अर्को खेलमा त्रिभुवन आर्मी र पर्सा ११ प्रतिस्पर्धाले गर्ने भएका छन्।