१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

 सिम्रौनगढ घटना प्रकरण : सहमतिपछि मृतकको अन्त्येष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o३:oo

सिम्रौनगढ नगरपालिकामा शिक्षक र कर्मचारीको आन्दोलनमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको चार दिनपछि अन्त्येष्टि गरिएको छ । शनिबार राति जिल्ला प्रशासन कार्यालय बारामा मृतकका परिवारजन र प्रशासनबीच सहमति भएपछि आइतबार अन्त्येष्टि गरिएको हो ।

गत बुधबार प्रहरीको गोली लागेर सिम्रौनगढ– १ ननसगराढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको ज्यान गएको थियो । त्यसयता मृतकका परिवारजन र स्थानीयले दोषीलाई कारबाही, मृतकको परिवारलाई क्षतिपूर्तिलगायत माग राखी प्रदर्शन गर्दै आएका थिए ।

शनिबार बेलुकी प्रमुख जिल्ला अधिकारी अधिकारी नवराज सापकोटाको अध्यक्षता र प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीको उपस्थितिमा स्थानीय नगरवासी, मृतकका आफन्त, पूर्वजनप्रतिनिधिसहितको बैठकले सहमति जुटाएको हो । बैठकमा मृतकको परिवारलाई नियामनुसार राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, मृतकका परिवारलाई राहत तथा रोजगारीको व्यवस्था गर्न सिम्रौनगढ नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ । 

यस्तै, घटनामा संलग्न घाइतेको तत्काल उपचारमा लागेको खर्च एवं पछि शारीरिक अवस्था हेरी क्षतिपूर्ति दिनुपर्ने अवस्था रहेमा उचित क्षतिपूर्तिका लागि सिम्रौनगढ नगरपालिकालाई सिफारिस गर्ने निर्णय भएको छ । यस्तै, सिम्रौनगढ नगरपालिकाअन्तर्गत वडा नम्बर ८ मा कार्यरत प्रावि शिक्षक नरेन्द्र पराजुलीलाई उचित क्षतिपूर्ति दिन सिम्रौनगढ नगरपालिकालाई अनुरोध गर्ने सहमति भएको छ । 

यसैगरी, सिम्रौनगढ नगरपालिकाभित्र गत २७ मंसिरमा भएको घटनाको सम्बन्धमा प्राप्त भएको हुन आएको ज्ञापनपत्रको बुँदा नम्बर २, ४ र ५ को सम्बन्धमा विस्तृत रूपमा अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि सिफारिस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

ad
ad