१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटी एक्सप्रेसको ‘१० गुणा बढी पाउने’ मेगा बम्पर विजेताको नाम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ‘विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १० गुणा बढी पाऔँ’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएकोभन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ।

सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर हास्य कलाकार जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डनको उपस्थितिमा विद्युतीय प्रणालीबाट विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङले मेगा बम्पर उपहार जितेका हुन्।

उनले आफूले पठाएको रकम ५३,०७५ रुपैयाँको १० गुणा ५ लाख ३० हजार ७५० रुपैयाँ जितेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जनाएको छ। कम्पनीले गत असोज १५ देखि मंसिर १५ गतेसम्म चल्ने गरी दशैँ, तिहार र छठलाई लक्षित गर्दै ग्राहकवर्गसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने गरी उपहार योजना घोषणा गरेको थियो।

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनाले एक लाख रुपैयाँ, हरेक हप्ता ५ जनाले जनही २५ हजार र ६१ दिन लगातार सयजना विजेताले जनही रु पाँच हजारको वालेट टपअप जितिसकेका छन्।