१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगुमा मानव अधिकार उल्लंघनका १५ घटना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४३:oo

एक वर्षयता कर्णाली प्रदेशको मुगुमा मानव अधिकार उल्लंघनका १५ वटा घटना घटेको पाइएको छ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनामाथि जिल्लामा गरिएको समीक्षा कार्यक्रममा  सो जानकारी गराइएको हो।

कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक)का मुगु प्रतिनिधि सर्जनकुमार शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा जिल्लामा १५ वटा मानव अधिकार उल्लंघनका घटना भएको उल्लेख छ। यो संख्या अघिल्लो वर्ष २१ वटा थियो। प्रतिवेदनमा ०७९ मंसिरयता एक वर्षको अवधिमा जिल्लामा भएका घटनाको विवरण समेटिएका छन्।

शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा सम्मानित रूपले बाँच्न पाउने, बलात्कार, बलात्कारको प्रयास र यौन दुर्व्यवहार, सामूहिक हत्या, कुटपिट, धम्की, जातीय विभेद, दुर्व्यवहार, घरेलु हिंसाजस्ता घटना समेटिएका छन्।

प्रतिवेदन प्रस्तुत भएपछि मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जिल्ला प्रहरी कार्यालयसँग सम्बन्धित मानव अधिकार उल्लंघनका घटना प्रहरीसँग समन्वय गरी तथ्य र प्रमाणका आधारमा पुस्तकमा समावेस गर्न सुझाव दिए। अन्यथा आफूहरूलाई मान्य नहुने थापाको भनाइ थियो।

मानव अधिकार उल्लंघनसम्बन्धी केही ससाना घटनाहरू न्यायिक समितिबाट निरुपण हुने भएकाले यसतर्फ पनि सबैको ध्यान जानुपर्ने छायानाथ रारा नगरपालिकाले जनाएको छ। विगतको भन्दा यो वर्ष मानव अधिकार उल्लंघनका घटनामा कमी भएकाले आगामी वर्षमा यस्ता घटनाहरू अझै कमी ल्याउन सबै सरोकारवाला पक्ष एकजुट भई अघि बढ्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा शान्तिसुरक्षा, अमनचयन कायम गर्न प्रशासन सदैव तयार रहेको र तथ्यमा आधारित घटनाहरू समन्वयकारी ढंगबाट बाहिर आउँदा जनताले आउँदा दिनमा मानव अधिकारको प्रत्याभूति गर्ने स्थितिमा अझै सुधार हुँदै जाने बताएका छ्न्।

कार्यक्रमका अध्यक्ष एवं इन्सेक जिल्ला प्रतिनिधि सर्जनकुमार शाहीले शनिबार सार्वजनिक गरिएका १५ वटै घटना सत्यतथ्य र समन्वयात्मक ढंगबाट सार्वजनिक गरिएको दाबी गरेका छन्।

ad
ad