१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुन तस्करीमा मुछिएका नासुलाई छुटाइदिने भन्दै एक कराेड ठगी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४६:oo

सुन तस्करीमा पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका नायव सुब्बालाई छुटाइदिने प्रलोभनमा ९९ लाख रुपैयाँ ठगी भएको छ। ठगीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भोजपुरकी रितु राई र बर्दियाका निरेश चौधरीलाई पक्राउ गरेको हो। 

नासु रेवन्त खड्काका बुबा अमरबहादुरसँग उनीहरूले पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ लिएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। नासु खड्का हाल जेलमा छन्।

विद्युतीय चुरोटमार्फत सुन तस्करीमा संलग्न भएको अभियोगमा नासु खड्कालाई सिआइबीले गत वैशाखमा पक्राउ गरेको थियो।

अदालतको आदेशले हाल उनी पुर्पक्षका लागि थुनामा छन्। प्रहरी र अदालतमा पैसा खुवाएर उनलाई छुटाइदिने भन्दै राई र चौधरीले पैसा लिएका थिए। उनीहरूविरुद्ध सिआइबीले आपराधिक विश्वासघात मुद्दामा कारबाही थालेको छ।

ad
ad