१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

पत्रकार जोशीको खस भाषामा लिखित उपन्यास ‘नाजवाफ’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:२५:oo

बाजुराका पत्रकार नहकुल जोशीले खस भाषा समेटेर प्रकाशन गरेकाे पहिलो उपन्यास नाजवाफ आइतबार एक कार्यक्रममा सार्वजनिक गरेका छन्। सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित समारोहमा उक्त पुस्तकको विमोचन प्रदेश प्रमुख देवराज जोशीले गरेका हुन्।

विगत लामो समयदेखि पत्रकारितामा कलम चलाउँदै आएका जोशी हाल शिक्षण पेसामा आबद्ध छन्। यो उनको पहिलो कृति हो।

कर्णाली क्षेत्र र सुदूरपशिचम क्षेत्रलाई समेटिएको यो उपन्यासमा मुख्य रूपमा राज्यव्यवस्था परिवर्तनका निम्ति तत्कालीन खस साम्राज्यको योगदान र उपलब्धिमा आधारित रही यहाँका समस्या, कुप्रथा, विकास निर्माण र जनजीवनबारे चित्रण गरिएको बताइएको छ।
 
जनताको जीवनस्तर  र व्यवस्था परिवर्तननका निम्ति खस साम्राज्यको योगदान प्रसस्तै भए पनि विकास निर्माण र मानिसको जीवनस्तर फेरिने कुरामा राज्यको ध्यान नगएकोतर्फ उपन्यासले इंगित गरेको छ। 

युद्धको समयलाई देखेको, भोगेको र अनुभव गरेको अल–अलग पुस्ताले दुई दशकसम्म पनि परिवर्तनको महसुस नगर्नुले व्यवस्था फेरिँदैमा जनताको अवस्था फेरिँदैन भन्नेतर्फ आज आममानिसमा प्रश्न उठिरहेका वेला त्यस्तै प्रश्नको घोचपेच रहेको उपन्यास बजारमा आएको पत्रकार तथा समीक्षक अर्जुन शाहले बताए।  

मायाप्रेमसँगै विद्यमान मौसमी बसाइँसराइ, छुवाछुत, छाउपडी, बहुपति प्रथालगायतका दर्जनौँ प्रथा र समस्यालाई मुख्य प्रश्नका रूपमा उठान गर्दै सुदूरकर्णालीका समृद्धिका दिन कहिले आउँछन् भन्ने कुरा उपन्यासमा गहन रूपमा आएको शाहको भनाइ छ।  

युद्ध साहित्यभित्र सामाजिक जनजीवनको तार्किक चित्रणले उपन्यास पठनीय रहेको उनको भनाइ छ। २१औँ शताब्दीमा पनि हामी सबै एकै मानव हौँ भन्ने भावनाको विकाससमेत नभएकोतर्फ उपन्यासले मुख्य रूपमा प्रश्न उठाएको लेखकले बताए।

अन्तरजात भएकै कारण प्रेम सफल नभएको, लेकाली भेगमा बस्ने मानिसले भोग्ने समस्या, अपहेलित खस भाषा र संस्कृतिको सम्मान हराउँदै गएको, बहुपतिजस्ता विद्यमान प्रथा अन्त्य गर्न मानिसमा चेतनाको सञ्चार हुन आवश्यक रहेको उनको भनाइ छ। 
 

ad
ad