मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Wednesday, 02 September, 2026
२o८o मङ्सिर २४ आइतबार १८:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७ वर्षका किशोरले पोखराबाट बस चोरेर चितवन पुर्‍याए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार १८:४६:oo

१७ वर्षका एक किशोर पोखराबाट बस चोरी गरी लैजाँदै गरेको अवस्थामा चितवनबाट पक्राउ परेका छन्।

तनहुँको म्याग्दे गाउँपालिका– ३ बस्ने ती किशोर पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी गरी लैजाने क्रममा चितवनबाट पक्राउ परेकाे कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

बस चलाउँदै लगिरहेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई फेला पारेको थियो।

पक्राउ परेका किशोरलाई प्रहरीले आइतबार कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।