१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आरती साहका हत्या अभियुक्तलाई पक्राउ गर्न आम जनता पार्टीद्वारा ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

आरती साह मृत्यु प्रकरणमा आम जनता पार्टीले हत्या अभियुक्त पक्राउ नपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै सो पार्टीले भनेको छ, ‘सर्वोच्च अदालतले आरोपित हत्याराहरूमध्ये मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको पाँच दिन बितिसक्दा पनि हत्यारा हालसम्म पक्राउ नपरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

राज्य पक्षबाट न्यायालयको निर्णय कार्यान्वयनमा ढिल्लासुस्ती र उदासीनता देखिएको भन्दै आम जनता पार्टीले राज्य पीडकको पक्षमा रहेको आशंका उत्पन्न भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्य पक्षको यस्तो चरम लापरबाही एवं अकर्मण्यताले गर्दा भोलि आरोपित फरार भएमा त्यसको र त्यसबाट सिर्जित हुन सक्ने विषम् एवं जटिल परिस्थितिको जिम्मेवारी कसले लिने ? यसको जवाफ नेपाल सरकार तथा गृह प्रशासनले दिनैपर्छ।’