१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिवशिखर सहकारी प्रकरण : पक्राउ परेका चार सञ्चालकलाई कञ्चनपुर ल्याइयो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

शिवशिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा पक्राउ परेका चारजना सहकारी सञ्चालकलाई कञ्चनपुर ल्याइएको छ।
भक्तपुरमा केन्द्रीय कार्यालय भई देशभरिका विभिन्न जिल्लामा शाखा कार्यालय रहेको शिवशिखर सहकारीको ठगी प्रकरणमा पक्राउ परेका सञ्चालकहरूलाई प्रहरीले कञ्चनपुर ल्याएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले पक्राउ परेका सञ्चालक गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई जिल्ला ल्याइएको बताए। प्रवक्ता डाँगीका अनुसार कञ्चनपुरस्थित सहकारीको शाखा कार्यालयहरू महेन्द्रनगर, त्रिभुवनबस्ती, बेलौरीका बचतकर्ताबाट आएको उजुरीका आधारमा उनीहरूलाई जिल्ला झिकाएर कारबाही प्रक्रिया अघि बढाइएको बताए।

‘ठगी प्रकरणमा यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ परेका सञ्चालकविरुद्धमा जिल्लामा समेत उजुरी परेपछि उनीहरूलाई झिकाएर अनुसन्धान अघि बढाएका छौँ,’ प्रवक्ता डाँगीले भने, ‘सञ्चालकविरुद्ध जिल्लामा समेत उजुरी परेपछि अनुसन्धान अघि बढाएका छौँ।’

कञ्चनपुरमा उक्त सहकारीले करोडौँ रकम हिनामिना गरेको उजुरी परेको छ। तीन हजार ६७१ बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ ठगी भएको प्रहरीमा निवेदन परेको छ। उजुरी परेपछि जिल्लास्थित उक्त सहकारीका तीनै शाखा कार्यालय बन्द भएका छन्।