१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यू- १९ एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित

यू-१९ एसिया कप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

एसिसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको छ।

जितका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे । पाकिस्तानका लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित रहे। 

त्यस्तै, पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए। उनले ५६ बलमा पाँच चौकासहित ५० रन जोडेका हुन् । मोहम्मद जिशानले आठ बलमा दुई चौका र दुई छक्कासहित २० रनमा अविजित रहे । नेपालका लागि गुल्सन झाले दुई विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट झारे। 

त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईको आइसिसी एकेडेमी– २ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएको थियो। 
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रनको योगदान दिएका हुन्। त्यसैगरी, नेपालका दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए । कँडेलले ५९ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३१ रन बनाएका हुन्। 

सुरुवाती ओपनर अर्जुन कुमालले २१ रन जोडे। उनले ३७ बलमा तीन चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा एक रनमै आउट हुँदा १७ ओभरमा ४६ रन जोड्दा नेपालले सुरुवाती पाँच विकेट गुमाएको थियो। 

 त्यसैगरी, कप्तान देव खनालले १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा आउट हुँदा तिलक भण्डारीले सात रन जोडे। सुवास भण्डारीले अविजित आठ रन बनाए। 

बलिङतर्फ पाकिस्तानका मोहम्मद जिशानले ६ विकेट लिए भने अमिर हसनले दुई विकेट झारे। उबेद शाह र अली असफन्दले समान एक–एक विकेट लिए। नेपालले दोस्रो खेल आइतबारअफगानिस्तानतसँग खेल्नेछ।