Skip This
१५ बिघामा लगाइएको गाँजाखेती नष्ट 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o८o मङ्सिर २२ शुक्रबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ बिघामा लगाइएको गाँजाखेती नष्ट 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १८:o९:oo

सर्लाही प्रहरीले जिल्लाको लालबन्दी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजाखेती नष्ट गरेको छ। 

लालबन्दी नगरपालिका– १४, नारायण खोलालगायतका स्थानमा १५ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरिक्षक प्रवीण धितालले जानकारी दिए। 

ठूलो क्षेत्रफलमा गाँजाखेती भइरहेको सुराकीका आधारमा प्रहरी परिचालन गरेर खेती नष्ट गरिएको उनले बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत गरी एक सय ५० जनाको संख्यामा खटिएको प्रहरी टोलीले गाँजाखेती नष्ट गरेको हो। 

अवैध गाँजाखोती तथा यसको बिक्री–वितरणले समाजमा विकृति फैलाएको हुँदा नियन्त्रण अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए। 

‘कानुनले निषेध गरेका चिज उत्पादन गैरकानुनी हो,’ प्रमुख जिल्ला अधिकारी धमलाले भने, ‘यस क्षेत्रमा खुलेआम खेती भइरहेको सूचनापछि नष्ट गर्ने काम गरिएको हो।’

उक्त क्षेत्रमा हुने गाँजाखेती नष्ट गर्न प्रत्येक वर्ष प्रहरी पुग्ने गरेको छ । तर, खेती गर्ने क्रम रोकिएको छैन। यस क्षेत्रमा स्थानीयको सहयोग तथा निगरानीमा भारतका विभिन्न स्थानका व्यापारीहरूले गाँजा लगाउने गरेको स्राेतको दाबी छ। गाँजाखेती खर्चिलो भएकाले स्थानीयले नलगाउने, तर जग्गा भाडामा दिने गरेको पाइएको छ। 

भौगोलिक हिसाबले विकट मानिएको लालबन्दी र ईश्वरपुर नगपालिकाको चुरे क्षेत्रका गाउँ मोटरदोभान, डाइनी खोलालगायतका स्थानमा अवैध रूपमा गाँजाखेती हुँदै आएको छ।