१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

राज्य व्यवस्था समितिले डाक्याे प्रधानमन्त्री र प्रधानसेनापति  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री र प्रधानसेनापतिलाई छलफलमा बोलाएको छ।

आज बसेको समितिको बैठकले संवैधानिक परिषद् विधेयक तथा एनसेलको सेयर खरिद–बिक्रीबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ मंसिरको बैठकमा बोलएको  समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। 

सभापति खतिवडाका अनुसार समितिले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणबारे बुझ्न प्रधानसेनापति प्रभुराम शर्मालाई २७ मंसिरमा बोलाएको छ।

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री शंकास्पद भएको भन्दै  सरकारले अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

बुधबार बसेको लेखा समतिको बैठकले पनि एनसेनको सेयरको खरिद–बिक्री वा हक हस्तान्तरणका सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भन्दै सो अवधिसम्म कारोबारलाई रोक्न निर्देशन दिएको थियो।  

राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणसम्बन्धी काम नेपाली सेनाले गर्दै आएको छ। प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुन: मूल्यांकन गरी सामेल गराएपछि उत्पन्न विवादबारे बुझ्न समितिले प्रधानसेनापतिलाई छलफलका लागि बोलाएको हो।