१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भएको छ। बैठकले राजनीतिक, सामाजिक, आर्थिक रूपले देश संकटपूर्ण अवस्थामा रहेको निष्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ। 

राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ। 

सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने अनुमति प्रदान गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाडौंमा बस्ने र २७ पुसमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रूपमा मनाउने निर्णय गरेको छ।

साथै बैठकले राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने, यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ।