१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशमातहतका पाँच कर्मचारी ११औँ तहमा बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

प्रदेश निजामती ऐन, २०७९ अनुसार बागमती प्रदेश सरकारले बुधबार पाँचजना कर्मचारीलाई ११औँ तहमा बढुवासहित नियुक्त गरेको छ। 

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमातहतका पाँचजना कर्मचारीलाई ११औँ तहमा बढुवा गरी नियुक्त गरेको हो।

बैठकले स्वास्थ्यतर्फका चार र शिक्षा सेवातर्फका एक गरी पाँचजनालाई ११औँ तहमा बढुवा गरी नियुक्त गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

संघीय निजामती ऐन जारी नभएको अवस्थामा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनका आधारमा ११औँ तहमा कर्मचारी बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्यतर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुनप्रसाद सापकोटा र डा. नरेन्द्रकुमार झालाई ११औँ तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए। 

उनका अनुसार यसअघि नै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो।

अदालतले उक्त मुद्दासम्बन्धी रिट खारेज गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढाइएको हो। मन्त्रिपरिषद् बैठकले शिक्षा सेवातर्फका दीपेन्द्र सुवेदीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ। 

प्रदेश सरकारले यसअघि विभिन्न समयमा बसेको बैठकको निर्णयअनुसार १२ जना कर्मचरीलाई ११औँ तहमा बढुवा गरिसकेको छ। त्यस्तै, बैठकले बहुवर्षीय योजना र ठेक्कालाई व्यवस्थापन गर्न बागमती प्रदेश आयोजनाको बहुवर्षे ठेक्का मापदण्ड, २०८० कार्यविधि स्वीकृत गरेको छ।