१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध सुन कारोबारमा संलग्न पाण्डे न्युरोडबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई अहिले काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको हो।

प्रहरीले न्युरोडमा रहेको ओमपाल गोल्ड शप प्रालि सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको बताए। 

सुन कति बरामद भएको भन्नेबारे प्रहरीले खुलाएको छैन। बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए।