१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नाबालिकालाई यौनधन्दामा लगाउने महिला पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१२:oo

उपत्यकाका विभिन्न स्पा, मसाज सेन्टर तथा गेस्टहाउसमा नाबालिकालाई जबर्जस्ती यौनधन्दामा लगाउने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको छ । यसक्रममा प्रहरीले एक स्पा सेन्टर र गेस्टहाउसमा छापा मारेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरीले स्पा र गेस्टहाउसबाट पाँचजना नाबालिकाको उद्धार गरेको छ । ब्युरोले आइतबार गोंगबुस्थित गेस्टहाउसबाट तीन नाबालिकाको उद्धार पनि गरेको छ । घटनामा संलग्न तनहुँ भिमाद नपा–२ की २५ वर्षीया सपना तामाङ भनिने पूजा रानालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनले विभिन्न प्रलोभनमा फसाई नाबालिकालाई ग्रामीण क्षेत्रबाट जम्मा गर्थिन् र जबर्जस्ती यौनधन्दामा लगाउँथिन् । नाबालिकालाई लुकाएर राख्न उनले कोठा नै भडामा लिएकी थिइन् । सोही कोठाबाट उनले  सम्पर्कमा आएका ग्राहककहाँ नाबालिका पठाउँथिन् । उनले १० महिनादेखि यसरी नै यौनधन्दामा लगाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

ब्युरोले गत ११ असोजमा रातोपुलस्थित नुवाकोट ब्युटिपार्लर एन्ड स्पा सेन्टरमा छापा मारेको थियो । सेन्टरबाट प्रहरीले दुई नाबालिकाको उद्धार गरेको थियो । घटनामा संलग्न सेन्टरका सञ्चालक संखुवासभा चिचिला गापा–१ का ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको थियो  ।
 

ad
ad