१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२९ मंसिरदेखि निजी क्षेत्रको व्यवस्थापनमा चोभार बन्दरगाह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१२:oo

चोभार सुक्खा बन्दरगाह २९ मंसिरदेखि निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको टान्स नेपाल फ्रेट सर्भिसेज जेभीले पाँच वर्षका लागि उक्त बन्दरगाह सञ्चालन गर्न लागेको हो । यसका लागि सोमबार नेपाल इन्टरमोडल यातायात विकास समिति र टान्स नेपाल टिआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ ।  

समितिको टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम भएको सम्झौतामा समितिका निर्देशक युवक डंगोल र कम्पनीको म्यानेजिङ डाइरेक्टर मुकेशकुमार राठीले हस्ताक्षर गरेका छन् । कम्पनीले पाँच वर्षसम्म दुई करोड ८८ लाख रकम न्यूनतम पट्टाबहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।  

हाल देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेका अन्य ६ वटा सुक्खा बन्दरगाह निजी क्षेत्रले नै सञ्चालन गरिरहेको छ । काँकडभिट्टाको एक, तातोपानीको एक, वीरगन्जका दुई,  विराटनगरको एक र भैरहवाको एउटा बन्दगाह निजी क्षेत्रले सञ्चालन गरिरहेका छन् ।   

मुलुकको व्यापार सहजीकरणका लागि काठमाडौंमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको विकास गरी एकद्वार प्रणालीबाट आयात–निर्यातकर्तालाई सेवा प्रदान गर्ने तथा काठमाडौं प्रवेश गर्ने ढुवानी साधनलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले चोभार सुक्खा बन्दरगाह बनाएको थियो । तर, यो अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । सीमानाकाबाट टाढा रहेकाले चोभार सुक्खा बन्दरगाबाट हुने ट्राफिक फ्लो तथा वित्तीय कारोबारको विषयमा यकिन गर्न सकिने अवस्था थिएन । सोही कारण २२ चैत ०७८ देखि समिति आफैँले स्टेप ग्याप एग्रिमेन्टका रूपमा यसको सञ्चालन गर्दै आएको थियो । सोही आधारमा यसको सञ्चालन तथा व्यवस्थापन गर्ने काम निजी क्षेत्रलाई दिन सहज भएको थियो । 

हस्ताक्षर कार्यक्रममा समितिका कार्यकारी निर्देशक गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करिब २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको बताए । अब निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिँदा यसको प्रभावकारी सञ्चालन हुने उनको भनाइ छ । साथै, निजी क्षेत्रको व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा तुलनात्मक रूपमा वृद्धि हुने अवस्था पनि देखिएको उनले बताए । 

यसैगरी, सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने कार्यका लागि समितिबाट आवश्यक समन्वय हुने पनि उनले बताए । यस्तै, उनले चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन बल्खु–दक्षिणकाली सडकको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्य द्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको खण्ड चौडा गरी चार लेनको बनाउनुपर्ने बताए । साथै, निजगढ–काठमाडौं द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको उनको भनाइ छ ।

ad
ad