१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को चौथो दिन कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित जनसभा
Invalid date format o७:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिगमन सोच्ने देशद्रोही हो : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२१:oo

एमाले अध्यक्ष केपी ओलीले अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने र परिवर्तनलाई समस्या भयो भन्ने व्यक्तिहरू सबै देशद्रोही भएको बताएका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को चौथो दिन कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित जनसभामा उनले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने तत्व जनताको हित नचाहने देशद्रोही भएको बताएका हुन् । 

‘गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशापनलाई मौकाका रूपमा लिएर प्रतिगमनका दिवास्वप्ना देख्नु देशद्रोहबाहेक केही होइन,’ उनले भने, ‘प्रतिगमनको कुरा गर्नु विकासविरोधी, परिवर्तनविरोधी नेपाल र नेपालीको हितविपरीतबाहेक केही होइन ।’ बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको तीन दिनको सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा निराशा मात्रै छाएको ओलीले बताए । उनले सत्ता टिकाउन भइरहेको अनियमितता, कमिसन र तस्करीका कारण जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने हो कि भन्नेसम्मको अनुभूति गर्ने अवस्था आएको बताए । 

दैलेख र अछामको सिमानामा पर्ने राकमको पुलमा यात्रा गर्दै ओलीले यस्ता महत्वपूर्ण प्राकृतिक स्रोत र साधन कर्णालीमा प्रशस्त मात्रामा रहेकाले यसको सदुपयोग गरेमा नेपाल दुनियाँको आकर्षक गन्तव्य बन्न सक्ने विचार व्यक्त गरे । एमालेले दुर्गम ठाउँहरूको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेसा व्यवसायको समृद्धि गर्ने, कृषिको आधुनिकीकरण गर्ने, देशलाई औद्योगिकीकरणतर्फ लग्ने, व्यापार सन्तुलन गर्ने नीति लिएको बताउँदै नेपाली जनतालाई शिक्षित बनाएर छोड्ने, निरोगी नेपालको परिकल्पना एमाले र यसको नेतृत्वले लिएको उनको भनाइ छ ।

ओलीले तीन दिनको कर्णाली बसाइका क्रममा गहिरो अध्ययन गर्ने बताए । एमालेको सरकारका पालामा ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन अभियान सञ्चालन गर्दा सामरिक महत्वको राकम कर्णालीमा अस्पताल बनाउने कामको सुरुवात आफैँले गरेको उनले दाबी गरे ।