१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘सिनेमाघर’ एपमा रिलिज भयो खगेन्द्रको ‘पानीफोटो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ एपमा  रिलिज भएको छ।

शुक्रबार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ। गत वर्ष साउन १३ गते हलमा रिलिज भएको ‘पानीफोटो’मा कथा लेखन खगेन्द्र स्वयंको छ।

यसमा खगेन्द्र आफैँले पनि अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुंगाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती, टीकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ।

टुकी आर्टस् र मञ्जुश्री फिल्मसले निर्माण गरेको यस चलचित्रका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन्। चलचित्रमा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पार्श्व संगीत छ।

माओवादी जनयुद्धको समयमा डेढ दशकअगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रले द्वन्द्वकालीन समयको प्रभाव अहिले नेपाली समाजमा के छ भन्ने विषयलाई स्पष्ट पार्न खोजेको छ।

‘सिनेमाघर’ यो चलचित्र हेर्न रु. २०० तिर्नुपर्ने हुन्छ। यस एपमा व्यवस्था रहेको ‘सिनेक्वाइन’ प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ।