१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै एक सातादेखि आन्दोलन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

सप्तरीको राजविराज नगरपालिका– १० स्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपाल पछिल्लो ६ दिनदेखि निरन्तर आन्दोलनमा छ। 

आन्दोलनको कार्यक्रमअन्तर्गत शुक्रबार छैटाैँ दिन उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि दुई घन्टा धर्ना दिएका छन्। आन्दोलनमा जिल्लाका विशिष्ट व्यक्तिहरूले समेत ऐक्यबद्धता जनाएका छन्।

शुक्रबार धर्नामा राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन तथा मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष अवधेश झाले समेत सम्बोधन गर्दै ऐक्यबद्धता जनाएका हुन्।

पहिलो चरणमा एकहप्ते आन्दोलनको कार्यक्रम घोषणा गर्दै सप्तरी युथ नेपालले निरन्तर विभिन्न स्वरूपमा आन्दोलन गर्दै आएको छ। माग सम्बोधनका लागि दिएको समय सकिएसँगै युवाहरूले दोस्रो चरणको आन्दोलन घोषणा गर्न आजै बैठक बस्ने तयारी भएको युथका कार्यवाहक अध्यक्ष मोहन यादवले जानकारी दिए।

०७५ मा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपि, अहिलेसम्म डिपिआर निर्माणबाहेक त्यहाँ केही काम भएको छैन।