Skip This
कानुन कार्यान्वयनको माग गर्दै मिटरब्याजपीडित प्रदर्शनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १४ बिहीबार १६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुन कार्यान्वयनको माग गर्दै मिटरब्याजपीडित प्रदर्शनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १६:४४:oo

मिटरब्याजविरुद्धको संघर्ष समिति सिराहाले बिहीबार प्रदर्शन गरेको छ। मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै संघर्ष समितिले प्रदर्शन गरेको हो।

‘सुदखोरहरूलाई कारबाही गर’, ‘सुदखोरविरुद्ध जाहेरी दर्ता गर’, ‘मिटरब्याजीको समर्थनमा लागेका सरकारी निकाय मुर्दावाद’, ‘सिडियो कार्यालयमा रहेको ढिलासुस्ती अन्त्य गर’जस्ता नारा लेखिएका प्लेकार्डसहित पीडितहरूले प्रदर्शन गरेका छन्।

संघर्ष समितिका संयोजक मनोज पासमानले चार हजारभन्दा बढी मुद्दा जिल्ला प्रशासनमा दर्ता भए पनि त्यसलाई टुंगो लगाउन प्रशासनले ढिलासुस्ती गरिरहेको बताएका छन्। लामो समयदेखि आन्दोलन गरिरहँदा पनि मिटरब्याजपीडितको समस्यालाई छिटो समाधान गर्न प्रशासन चुकेको भन्दै उनले असन्तुष्टि जनाए।

प्रदर्शनमा सहभागी हुन विभिन्न गाउँबाट सयौँ पीडित सिराहा सदरमुकाम आएका छन्। उनीहरूले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय अगाडिसमेत प्रदर्शन गरेका छन्।

प्रदर्शनपछि दर्ता गरिएको मुद्दालाई छिटो निकास निकाल्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइएको संयोजक पासमानले बताए।