Skip This
निर्वाचन आयोगका पदाधिकारीको सात दिनको तलब भूकम्पपीडितलाई 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १४ बिहीबार o८:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचन आयोगका पदाधिकारीको सात दिनको तलब भूकम्पपीडितलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o८:o७:oo

निर्वाचन आयोगका पदाधिकारीले आफ्नो सात दिनको तलब जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि सहयोग गर्ने भएका छन् । आयोगले बुधबार गरेको निर्णयअनुसार भूकम्पपीडितको तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक जम्मा गरिनेछ ।

यस्तै, आयोग एवं आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन दिन, उपसचिव र शाखा अधिकृतबाट दुई दिन र सोभन्दा तलका कर्मचारीबाट एक दिनबराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।