१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२९:oo

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग बुधबार खारेज गरिदिएको छ।

‘मैले सबै मामिला अल्लाहमा छोडेको थिएँ र अल्लाहले आज मलाई सम्मान गर्नुभएको छ,’ सरिफले इस्लामाबाद उच्च अदालतबाहिर पत्रकारसँग भने।

इस्लामाबाद उच्च अदालतका एक अधिकारीले एउटा मुद्दामा सफाइ पाएको पुष्टि गरेका छन् भने सरिफले स्टिल कम्पनीमा लगानी गरेको आरोपमा दोस्रो सजायका लागि अपिल गरेका छन्। 

सरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लन्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो। 

सन् २०१७ मा आफ्नो आम्दानीको केही अंश घोषणा गर्न नसकेको भन्दै उनलाई राजनीतिबाट आजीवन प्रतिबन्ध लगाइएको थियो। 

तीनपटक प्रधानमन्त्री भइसकेका तर कार्यकाल पूरा नगरेका सरिफले यो आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन्। (एजेन्सीकाे सहयाेगमा)