१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस रोम
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘गाजामा भोकमरीको उच्च संकट’

Read Time : < 1 मिनेट
रासस, रोम
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके भोकमरीको जोखिम रहने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले चेतावनी दिएको छ।

डब्लुएफपीले इजरायल र हमासबीच चारदिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ।

पछिल्लो समय मंगलबार दुई दिनका लागि युद्धविराम थपिएको छ। युद्धविरामका लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, ‘हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदै छौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ।’

डब्लुएफपीले भनेको छ, ‘यदि डब्लुएफपीले निरन्तर रूपमा खाना पुर्‍याउन सकेन भने गाजाको जनसंख्या र विशेष गरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन्।’

खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि ६ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ। गाजामा संकट सुरु भएपछि डब्लुएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ।