Skip This
चार महिनामा एक खर्ब १३ अर्ब ऋण प्राप्ति : कुल सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब पुग्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १३ बुधबार o६:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार महिनामा एक खर्ब १३ अर्ब ऋण प्राप्ति : कुल सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार o६:२७:oo

सरकारले चालू आर्थिक वर्षको चार महिनामै एक खर्ब १३ अर्ब ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिकसम्म ९७ अर्ब ३१ करोडको आन्तरिक ऋण र १५ अर्ब ८५ करोड बाह्य ऋण उठाएको छ । राजस्व संकलन लक्ष्यअनुसार नहुँदा सरकारले आन्तरिक स्रोतमा ऋण लिएरै खर्च धानिरहेको छ ।

बाह्य ऋण पनि न्यून आइरहेका कारण बजेट परिचालनमा आन्तरिक ऋणकै भरथेग छ । कात्तिकमा मात्रै ९० करोडको बाह्य ऋण उठाइएको छ । सबैभन्दा बढी ऋण असोजमा ५९ अर्ब ८५ करोड उठाइएकोमा ५३ अर्ब पाँच करोड आन्तरिक ऋण मात्रै उठाइएको कार्यालयले जानकारी दिएको छ । चार महिनामा आन्तरिक ऋण र बाह्य ऋणको साँवा–ब्याज भुक्तानीमा ८१ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ ।

पछिल्लो समय सरकारले ऋण उठाउने प्रवृत्ति बढ्दै जाँदा तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब पुगेको छ । जसमा आन्तरिक ऋणबापत ११ खर्ब ८३ अर्ब र बाह्य ऋणबापत ११ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । 

 आन्तरिक ऋण उठाउने तालिका संशोधन
सरकारले आन्तरिक ऋण उठाउने तालिका संशोधन गरेको छ । गत २३ कात्तिकमै संशोधित तालिकालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वीकृत गरेका थिए । 

मंगलबार कार्यालयले नयाँ तालिका सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको सरकारले दोस्रो त्रैमास (कात्तिक–पुस)मा ३१ अर्ब ऋण उठाउने  उल्लेख छ । तेस्रो त्रैमासमा सरकारले ४७ अर्ब ६९ करोड ऋण उठाउने संशोधित तालिकामा उल्लेख छ । चौथो त्रैमासमा गएर ६४ अर्ब आन्तरिक ऋण उठाउने तालिकामा राखिएको छ ।