१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १६:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सिटी जुलुस

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १६:२६:oo

अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका– १० बिरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले आन्दोलनको तेस्रो दिन मंगलबार सिटी जुलुस निकालेकाे छ।

माग सम्बोधन नभएपछि उनीहरूले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका हुन्। युथ नेपालको शनिबार बसेको बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

सोहीअनुसार आइतबार पहिलो दिन जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो। दोस्रो दिन र्‍याली निकालेका युवाहरूले मंगलबार सिटी जुलुस निकालेका हुन्।

आन्दोलनअन्तर्गत १३ गते बुधबार दिउँसो टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूलगेटमा एक घन्टा धर्ना दिने र १५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूलगेटमा दुई घन्टा धर्ना दिने तयारी छ।

एकहप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए।

०७५ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्ले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपि, अहिलेसम्म डिपिआर निर्माणबाहेक प्रतिष्ठानको अन्य काम नभएपछि युवाहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।