
अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्रालि छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मानित भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदातामध्ये आव ०७९/८० मा योगदानकर्ताको संख्याका आधारमा उत्कृष्ट भएकाले सिप्रदी ट्रेडिङ सम्मानित भएको हो ।
सम्मान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेको जनाइएको छ । सिप्रदी ट्रेडिङ प्रालिले अटोमेटिभ, इनर्जी, लुब्रिकेन्ट, वित्तीय सेवाहरू तथा इक्युपमेन्ट व्यवसायको क्षेत्रमा दु्रतगतिमा अगाडि बढिरहेको कम्पनी भएको दाबी गरेको छ ।
साथै, एक्साइड ब्याट्रिज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरलगायतको पनि वितरक रहेको कम्पनीको भनाइ छ ।