१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मधेश आठ विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१४:oo

मधेश प्रदेशले केपी ओली राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई आठ विकेटले हराएको छ । समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा सोमबार मधेशले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गरेको हो । पोखरा रंगशालामा पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमको फितलो ब्याटिङ हुँदा १५.५ ओभरमा अल आउट हुँदै ५८ रन बनायो । प्रत्युत्तरमा मधेशले ४.४ ओभरमा दुई विकेटको नोक्सानीमा ६२ रन जोड्दै सानदार जित निकाल्यो । मधेशले दुई खेलबाट दुई अंक जोडेको छ । 

लक्ष्य पछ्याउँदा मधेशको सुरुवात राम्रो भएन । इनिङ्सको तेस्रो बलमै ओपनर हरिशंकर साह गजेन्द्र बोहराको ओभरमा बोल्ड भए । त्यसपछि इमरान सेख र अनिल शाहले दोस्रो किवेटका लागि २.६ ओभरमा ३५ रनको साझेदारी गरे । अनिलले ११ बलमा तीन चौका र दुई छक्का प्रहार गरी २५ रन बनाए । इमरान र पवन सराफले तेस्रो विकेटका लागि नटआउट साझेदारी गर्दै मधेशलाई पहिलो जित दिलाए । इमरानले ९ बलमा दुई चौका र एक छक्का प्रहार गरी १७ रन र पवनले पाँच बलमा दुई चौका र एक छक्का प्रहार गरी १४ रनको योगदान दिए । 

 मधेशका बलरको कसिलो बलिङ
मधेशका बलरले सुदूरपश्चिमविरुद्ध बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सुदूरपश्चिमका ब्याट्सम्यानले उनीहरूको सामना गर्न सकेनन् । जसका कारण मधेशले सहज लक्ष्य पाएको हो । हरिशंकर शाहले चार ओभरमा केवल ११ रन खर्चेर चार विकेट लिए । फास्ट बलर रुपेश सिंहले २.५ ओभरमा सात रन खर्चेर तीन विकेट लिए । उनले आफ्नो स्पेलमा एक मेडनसमेत राखेका थिए । विशाल पटेल, प्रदीप पास्वान र विशालले समान एक–एक विकेट लिए । 

 आठ खेलाडी दोहोरो रन बनाउन चुके
सुदूरपश्चिमको ब्याटिङमा आठ खेलाडीले दोहोरो रन बनाउन चुकेका थिए । ओपनर अभिषेक पाल र कैलाश ऐरीले रन नै बनाउन सकेनन् । उमेर समूहमा भरपर्दा खेलाडी राजु रिजालले दुई रन मात्र बनाए । सो इनिङ्समा किरण ठुंगारामले १० रन जोडेका थिए । नरेन साउदले सर्वाधिक १८ रनको योगदान दिन १३ बलमा समान एक चौका र छक्का प्रहार गरे । भोजराज भटले १३ बलमा १० रन जोडे । इनिङ्सको एक समय सुदूरपश्चिम ३१–८ को स्थितिमा थियो । नरेन र भोजराजले नवौँ विकेटका लागि २६ रनको साझेदारी गर्दै टोलीलाई ५७–९ को अवस्थामा राखे । 

 आर्मीको सुखद सुरुवात
विभागीय टोली त्रिभुवन आर्मी क्लबल सुखद सुरुवात गरेको छ । आर्मीले आयोजकको नीलोलाई एक सय १० रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ९५ रनको योगफल तयार पारेको थियो । आयोजक नीलो १५.४ ओभर अलआउट हुँदा मात्र ८५ रन बनाउन सक्यो ।

आर्मीका ओपनर सन्तोष कार्कीले सर्वाधिक ४१ रन जोड्ने क्रममा ३५ वलमा सात चौका प्रहार गरे । विनोद भण्डारीले २४ बलमा समान तीन चौका र छक्कासहित ३८, विवेक यादवले १४ बलमा तीन चौका र दुई छक्कासहित २९, खेलका प्लेयर अफ दी म्याच कुशल मल्लले २१ बलमा तीन छक्कासहित २५, वासिर अहमदले १४ बलमा दुई चौका र एक छक्कासहित २३ र रोहित पौडेलले ६ बलमा समान एक चौका र छक्कासहित १२ बनाएका थिए । आयोजक नीलोका लागि निर्भिक पाठकले २३ बलमा पाँच चौका र एक छक्कासहित २८, रणवीर यादवले १६, ओपनर रोनिम तिवारीले १५ र सिमोन रोयले १० रन जोडेका थिए ।