१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीमाईमा म्याद सकिँदासम्म आधा पनि बनेन अस्पताल भवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

सिराहाको धनगढीमाई नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने दुईवर्षे म्याद सकिँदासम्म आधा पनि काम भएको छैन।

धनगढीमाई नगरपालिका– ९ मुसहर्नियामा सिनर्जी सुवेदी जेभी कुलेश्वर काठमाडौंले ७ मंसिर २०७८ मा ठेक्का सम्झौता गरी निर्माण थालेको १५ शय्याको आधारभूत अस्पताल निर्माणको काम मुस्किलले ४० प्रतिशत मात्र सकिएको नगरपालिकाको पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाले जनाएको छ।

निर्माण कम्पनीले तोकिएको म्यादभित्र निर्माण सम्पन्न गर्न नसकेपछि पहिलोपटक म्याद थपका लागि निवेदन दिएको शाखाका इन्जिनियर शम्भुकुमार यादवले बताए।

‘संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कामको भुक्तानी केही ढिलो निकासा गरेपछि काम ढिलो भएको हुन सक्छ,’ उनले भने, ‘नगरपालिकाले कामलाई तीव्रता दिन ताकेता गरेसँगै म्याद सकिएपछि निर्माण कम्पनीले निवेदन दिएको छ।’

७ मंसिर २०७८ मा मूल्य अभिवृद्धि करसहित १४ करोड १७ लाख ६६ हजार ५७ रुपैयाँ ४४ पैसामा ठेक्का सम्झौता भएको थियो। सम्झौता भएपछि कार्यादेश प्राप्त भएको मितिले दुई वर्षभित्र अस्पताल निर्माण गरिसक्नुपर्ने उल्लेख छ।

दुईतले अस्पताल भवन, प्रयोगशाला, आकस्मिक कक्ष, बहिरङ, शल्यक्रिया कक्ष, बिरामी जाँच कक्ष, शवगृहलगायतका संरचना बन्नुपर्नेमा अहिलेसम्म जगसहित भुइँतला र र्‍याम मात्र निर्माण भएको छ।