१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै र्‍याली

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका– १० बिरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले दोस्रो दिन सोमबार र्‍याली गरेको छ।

सोमबार दिउँसो राजविराजमा र्‍यालीमा सहभागीहरूले प्रतिष्ठानको काम शीघ्र सुचारु गर्न माग गरेका छन्। सप्तरी युथ नेपालको शनिबार बसेको बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

सोही घोषणाअनुसार आइतबार पहिलो दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको थियो। आन्दोलनअन्तर्गत १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसो टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धर्ना दिने र १५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दुई घण्टा धर्ना दिने कार्यक्रम रहेको बताइएको छ।

एकहप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए पुनः बैठक बसेर अर्को चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो सबैको आन्दोलन रहेको भन्दै उनीहरूले जिल्लाका राजनीतिज्ञ, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, सञ्चारकर्मीसहित सबैलाई यसमा साथ दिन आग्रह गरेका छन्।

२०७५ सालमा नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपि, अहिलेसम्म डिपिआर तयारबाहेक अन्य कुनै काम नभएपछि युवाहरूले आन्दोलन गरेका हुन्।