
लामो समय कोभिड– १९ को प्रभावका कारण हुम्लाको यारी नाका भान्सार शून्य देखिएको थियो। आर्थिक वर्ष ०८०/८१ साउनयता हुम्लाको यारी नाका भान्सारबाट लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ।
यारी नाका भान्सार कार्यालयले पाँच लाख ७७ हजार लक्ष्य राखेको भए पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको यारी नाका भान्सार कार्यालयका कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए।
कात्तिक महिनाको १८ गतेसम्म नाै लाख २२ हजार दुई सय ४४ रुपैयाँ भान्सार संकलन भएको कार्यालय प्रमुख जैसीले नयाँ पत्रिकासँग बताए।
लक्ष्यभन्दा १५९.८३८ प्रतिशत रहेको भान्सार कार्यालयका प्रमुख जैसीको भनाइ छ। विकास निर्माणका सामान जुता, चप्पल, घरायसी सामान, लुगाकपडा चुल्होलगायतका सामानबाट राजस्व संकलन भएको बताए।