१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा नारा लगाएर प्रतिक्रियावादीहरू भ्रमको खेती गरिरहेका छन् : निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सार्वभौम जनताले बनाएको प्रणालीलाई कसैले उल्टाउने वा तोड्ने दुष्प्रयास गरे नेपाली जनताले कडा जवाफ दिने चेतावनी दिएका छन्।

शनिबार जनकपुरधाममा बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै निधिले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली उल्टाउने दुष्प्रयास गर्नेलाई नेपाली जनताले नै दरिलो जवाफ दिने बताएका हुन्।

उनले सार्वभौम जनताले पहिलोपटक बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले परिवर्तन गर्न नसक्ने दाबी गरे। ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई कसैले बदल्न सक्दैन, कसैले उल्टाउन सक्दैन, कसैले तोड्न सक्दैन,’ निधिले भने, ‘प्रणालीमाथि खतरा आए त्यसको विरोधमा अगुवाइ लिन कांग्रेस सधैँ तयार रहनेछ।’

संविधान र संघीयताको विरोधमा भइरहेको आन्दोलनलाई उनले भ्रमको खेती भनेका छन्। दुई चार दिन नारा लगाएर केही प्रतिक्रियावादीहरूले भ्रमको खेती गरिरहेको उनको आरोप छ।

‘काठमाडौंमा दुई चार दिन नारा लगाएर केही प्रतिक्रियावादीहरू, केही अवसरवादीहरू, केही लोकतन्त्रविरोधी तत्वहरूले वातावरण बिगार्न भ्रमको खेती गरिरहेका छन्,’ निधिले भने, ‘चटकेहरूबाट संविधान परिवर्तन हुने कुनै सम्भावना छैन। तथापि, कुनै खतरा आए रक्षाका लागि अगुवाइ गर्न कांग्रेस तयार छ।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिले सरकार सञ्चालनमा केही कमीकमजोरी रहे पनि वर्तमान सत्तागठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरे।