१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
प्रतिकात्मक तस्बिर
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा बाघको आक्रमणबाट चितवनका एक पुरुषकाे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

मकवानपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। शुक्रबार बिहान मनहरि गाउँपालिका– ६ खयरघारीनजिकै बाघको आक्रमणबाट चितवनका हरि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनको राप्ती नगरपालिका– १ दुबीचौरका ४३ वर्षीय पौडेललाई मनहरि– ६ खयरघारी गाउँदेखि अन्दाजी दुई किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्रअन्तर्गत दोभानमा खर काट्न आएको वेलामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

घटना भएको  खबर पाउनासाथ अनुसन्धान र मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको प्रवक्ता भण्डारीले बताए।