
नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको छ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महामन्त्री गगन थापाकाे संयोजकत्वमा बसेको बैठकले ६बुँदे निर्णय गरेको छ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी थिए।
निर्णयअनुसार पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाइनेछ। यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ।
एउटा समूहमा १० जना रहने गरी २५ समूह बनाइने बताइएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहनेछन्।
यस्तो छ श्रमदानसम्बन्धी कांग्रेसको कार्यविधि :