Skip This
हाइकिङ पारखीलाई मन पर्ने पाँच ट्रेल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ५ मंगलबार ११:१o:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हाइकिङ पारखीलाई मन पर्ने पाँच ट्रेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार ११:१o:oo

दैनिक व्यस्त जीवनशैली र सहरको धुवाँ–धुलोले दिक्क भइरहँदा मन–मस्तिष्कलाई रिफ्रेस बनाउन प्रायः सहरिया युवायुवती हाइकिङ जाने गरेको पाइन्छ । यसले रमाइलोसँगै शारीरिक कसरतमा सहयोग पुर्‍याउँछ । उपत्यकानजिक त्यस्ता धेरै हाइकिङ ट्रेल छन्, जहाँ बिहानदेखि घुमेर बेलुकी घर फर्कन सकिन्छ । तारेभिर, सुन्दरीजल, शिवपुरी, फर्पिङ, चन्द्रागिरि, बुङमती, गोदावरी, फुल्चोकी, लाँकुरीभञ्ज्याङ, नागार्जुन, गोकर्ण, झोर, साँगा, चाँगुनारायण र ककनीलगायत रुट हाइकिङका लागि उपयुक्त ट्रेल हुन् । 

चम्पादेवी : पहाडी शृंखलाको अवलोकनसहित छोटो अवधिमै सहरको धुवाँ–धुलो छोडेर स्वच्छ वातावरण भएको ठाउँमा पुगिन्छ । हिमालय शृंखलाको अवलोकन तथा हरियाली जंगल यो रुटको प्रमुख विशेषता मानिन्छ ।

फुल्चोकी : फुल्चोकीमा अन्य ठाउँभन्दा हाइकिङ गर्नेको संख्या धेरै हुन्छ । फुल्चोकीको यात्रा गोदावरीबाट सुरु गर्न सकिन्छ । 

शिवपुरी : काठमाडौंको नागार्जुन नगरपालिकाअन्तर्गत पर्छ, शिवपुरीडाँडा । यस यात्राका क्रममा सेतो गुम्बा, बुढानीलकण्ठ एकै दिनमा घुमेर फर्किन सकिन्छ । 

लाँकुरीभञ्ज्याङ : लाँकुरीभञ्ज्याङबाट उपत्यकाका तीनवटै जिल्लाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ । यो भञ्ज्याङ चारैतिर वनले घेरिएको छ । पिकनिकका लागि पनि यो चर्चित स्पट हो । 

सुन्दरीजल : घुम्नका लागि नजिकको ठाउँ हो, सुन्दरीजल । सुन्दरीजलको यात्रा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट सुरु हुन्छ । सुन्दरीजलबाट मूलखर्क हुँदै ओखे्रनी जान सकिन्छ । 

चन्द्रागिरि : कीर्तिपुरको मच्छेगाउँबाट यात्रा सुरु हुन्छ । छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ । चन्द्रागिरिमा उपत्यका आक्रमणको वेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई आजभोलि कालु पाँडे फोर्टु भन्ने गरिन्छ । चन्द्रागिरिको डाँडाबाट निस्कने अर्को ट्रेल थानकोटको गोदामचौरबाट पनि छ ।

ककनी : काठमाडौंबाट उत्तरतर्फ पर्ने ककनी नुवाकोट जिल्लामा पर्छ । ककनी पिकनिक स्पटका रूपमा चिनिन्छ । अहिले हाइकिङका लागि ककनी युवा–युवतीको रोजाइमा पर्न थालेको छ ।