Skip This
भूकम्प प्रभावित नागरिकको जीवन रक्षाका लागि एमालेको ध्यानाकर्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ४ सोमबार o८:५४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भूकम्प प्रभावित नागरिकको जीवन रक्षाका लागि एमालेको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार o८:५४:oo

एमालेले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमका नागरिकको जीवन रक्षाका लागि अविलम्ब उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पुनस्र्थापनाको काममा सरकारले उदासीनता देखाएका कारण पछिल्लोपटक भूकम्प प्रभावित जाजरकोटका दशजना नागरिकको मृत्यु भएको आरोप लगाउँदै एमालेले आइतबार अविलम्ब उचित प्रबन्धका लागि सरकारको ध्यानाकर्षण गराएको हो । 

‘भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्पपीडितको मृत्यु भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद घटना भएको छ,’ प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकको जीवन रक्षाका लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ ।’

चिसोका कारण अहिलेसम्म जाजरकोटमा बारेकोट गाउँपालिका– १ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ कि ४८ वर्षीय पम्फा रावलको मृत्यू भएको छ । त्यस्तै, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट– ६ ताँसीका ५५ वर्षीय वीरबहादुर विक, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका– ४ तल्याउनका केशव भँडेलको पनि मृत्यु भएको छ । 

 ११ सय स्वयंसवेक टहरा निर्माणका लागि प्रस्थान 
भूकम्प प्रभावित स्थानमा भग्नावशेष व्यवस्थापन र अस्थायी घरटहरा निर्माणमा केन्द्रित रहने गरी एमालेका ११ सय स्वयंसेवक टोली आवश्यक सामग्रीसहित काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको छ । केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको टोली जाजरकोटतर्फ प्रस्थान गरेको हो । पौडेलसहितको टोलीलाई एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले टहरा निर्माणमा प्रयोग हुने सामान र आवश्यक बन्दोबस्तीका सामग्रीसहित बिदाइ गरेका छन् । एमालेले परिचालन गरेको जिफन्ट र लुम्बिनी प्रदेशको टोली पनि जाजरकोटमा पुनस्र्थापनाको काममा खटिरहेको छ । २५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानमा एकैसाथ स्वयंसेवकले श्रमदान गर्ने केन्द्रीय सदस्य पौडेलले बताए ।