Skip This
डेनमार्कको भूमिमा पहिलोपटक छठ मनाइयो 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Tuesday, 16 September, 2025
तिवारी यादव वीरगन्ज
२o८o मङ्सिर ४ सोमबार o६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेनमार्कको भूमिमा पहिलोपटक छठ मनाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार o६:३७:oo

युरोपभित्र रहेको डेनमार्ककाे राजधानी कोपेनहेगनमा पनि छठ मनाइएको छ। डेनमार्कका लागि नेपाली राजदूत प्राध्यापक डा. रामस्वार्थ रायकी श्रीमतीले पहिलोपटक छठ पर्व मनाएकी हुन् ।

राजदूतावास कार्यालयकै प्रांगणमा राजदूतकी श्रीमती उर्मिला रायले बेलुनमा पानी राखेर परम्पराअनुसार छठ पर्व मनाएकी हुन् । 

राजदूत रायका अनुसार डेनमार्कको भूमिमा पहिलोपटक छठ मनाइएको हाे। डेनमार्कमा पहिलोपटक छठ पर्व मनाउँदा नजिक रहेका नेपाली दिदीबहिनीहरू पनि हेर्न आएका थिए।