१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

वनस्पति विभागले सयपत्री फूलबाट ल्युटिन निकाल्ने र सौन्दर्य सामग्री बनाउने निःशुल्क तालिम दिने भएको छ।

तिहारमा सयपत्री फूल बिक्री नभई खेर गएको खबर सार्वजनिक भइरहँदा विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि पुनः प्रयोग गर्न सकिनेबारे तालिम दिन लागेको हो। 

विभागका महानिर्देशक राजेन्द्र केसीका अनुसार सयपत्रीका फूलबाट ल्युटिन निकाल्न सकिन्छ। जसबाट सौन्दर्य सामग्री, क्रिम बनाउन सकिन्छ। यसबाट सुगन्धित तेल पनि उत्पादन गर्न सकिन्छ। सयपत्रीको फूलबाट सुगन्धित अगरबत्ती बनाउन सकिन्छ। 

विभागले तालिम लिन चाहने इच्छुक संघसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउन आह्वान गरेको छ। ‘१० जनाजति इच्छुक भएमा तत्काल तालिम सुरु हुनेछ,’ केसीले भने, ‘निःशुल्क तालिम प्रयोगशालामा नै दिइने भएकाले प्रयोगात्मक हुनेछ।’

साथै, सयपत्रीको प्रयोग र विषाक्तता, सुगन्धित तेलमा पाइने विभिन्न तत्वसम्बन्धी प्रयोगशाला परीक्षण विभागले केही समयका लागि निःशुल्क गरिदिने भएको छ।