नेपाली बालसाहित्यका धरोहर शान्तदासको निधन

मंगलबार, २८ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाली बालसाहित्य जगतको धरोहर शान्तदास मानन्धरको निधन भएको छ। उनको ९२ वर्षको उमेरमा आज निधन भएको हो। 

उनी बाल साहित्यका सयौँ पुस्तकका लेखक, सम्पादक तथा प्रकाशक हुन्। उनको निधनले बाल साहित्य जगतमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले जनाएका छन्। 

‘बालबालिकाको हाँसोमा देश हाँसेको हुन्छ’ भन्ने उनको मान्यता थियो। त्यसैलाई केन्द्रमा राखेर उनले बालसाहित्यमा अविराम कलम चलाएका थिए। 

सुझावित समाचार