१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय क्रिकेटर झालाई गृहजिल्ला सर्लाहीमा अभिनन्दन

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

नेपाल पत्रकार महासंघ सर्लाहीले राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर गुल्सन झालाई अभिनन्दन गरेको छ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्लाहीसहित देशकै नाम राख्न सफल भएको भन्दै झालाई अभिनन्दन गरिएको महासंघ सर्लाहीले जनाएको छ। 

जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा आज आयोजित कार्यक्रममा समन्वय समिति सर्लाहीका सभापति कौशलकुमार सिंले झालाई अभिनन्दनपत्र हस्तान्तरण गरे। 

अभिनन्दन कार्यक्रममा बोल्दै झाले आफ्नै जिल्लामा अभिनन्दन हुन पाउनु गर्वको विषय भएको प्रतिक्रिया दिए। क्रिकेटको माध्यमबाट देशको लागि अझै धेरै गर्न बाँकी रहेको भन्दै उनले सदैव जिल्लावासीको साथ र सहयोग आवश्यक रहेको बताए। 

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जिल्लामा लुकेर रहेका अझै सयौँ गुल्सनलाई बाहिर ल्याउन जरुरी रहेको बताए। प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले खेल क्षेत्रको लगानीको तुलनामा नेपालका खेलाडी वनका काँडा आफैँ तिखारिएजस्तै निपूर्ण भएको उल्लेख गरे ।

भैरवी दल गणका गणपति सूर्यबहादुर कार्की, जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण धिताल, सशस्त्र प्रहरी गण १० कविलासीका गणपति एसपी तुलबहादुर भण्डारीलगायतको आतिथ्यता रहेको थियो। 

नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा अभिनन्दन कार्यक्रम सम्पन्न भएको कार्यक्रम सञ्चालक सुनील ठाकुरले जानकारी दिए। कार्यक्रमका वक्ताहरूले अलराउन्डर झाको उज्वल भविष्यको कामना गरेका थिए।

पछिल्लो समय राष्ट्रिय टिमका नियमित सदस्य रहेका झाको अलराउन्डर प्रदर्शनमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेख्य उपलब्धि हासिल गरेको छ। 

सर्लाहीको चक्रघट्ट गाउँपालिका–७ मा जन्मिएका झा हाल जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–८ निवासी छन्।