१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कृषि शाखा प्राविधिकको फूलखेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:२१:oo

दाङको दंगीशरण गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष बुढाथोकी दिनभर सेवाग्राहीको काममा व्यस्त हुने गरे पनि साँझ बिहान फूलखेतीमा व्यस्त हुन्छन्। उनले चाडपर्वलाई लक्षित गरी व्यावसायिक फूलखेती गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ पहरुवामा उनले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन्। ‘दिनभर सेवाग्राहीसँग व्यस्त हुन्छु,’ उनले भने, ‘साँझ बिहान फूलखेती हेर्छु।’

आफ्नो खाली समयलाई फूलखेतीतर्फ जोडेको उनले बताए। आफ्नो विज्ञता पनि कृषिमै भएकाले कृषि क्षेत्रसँग आफू जोडिएको बुढाथोकीको भनाइ छ। उनले तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवामा १५ कठ्ठा जग्गामा फूलखेती गरेका छन्। जसबाट २० क्विन्टल फूल उत्पादन हुने उनको अनुमान छ।

सोही ठाउँमा ७२ कठ्ठा जग्गा भाडामा लिएर अन्य तरकारी खेती गरेको भए पनि उनले १५ कठ्ठा जग्गामा फूलखेती गरेका छन्। ‘मैले अन्य कृषि पनि गरेको छु। सिजनअनुसारको खेती हुन्छ,’ उनले भने। ७२ कठ्ठा जग्गालाई उनले वार्षिक दुई लाख रुपैयाँ भाडा तिर्ने गरेका छन्।

उत्पादित फूललाई बजारमा मागअनुसार प्रदान गर्ने बुढाथोकीले बताए। उनी मागअनुसार माला बनाएर पनि बेच्छन्। ‘फूल पनि बेच्ने र माग भएमा माला पनि बनाएर बेच्ने हाम्रो तयारी छ,’ उनले भने।

बुढाथोकीका अनुसार यस वर्ष मालाको प्रतिगोटा १५० रुपैयाँ र मालाको प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री भइरहेको छ।

ad
ad