१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १३:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वीरगन्ज गोल्डकप : उपाधिका लागि पुलिस र आर्मी भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुवै प्रतिस्पर्धी टिमले यसपटकको  उपाधि  जित्ने दाबी गरेका छन्। शनिबार दिउँसो २ बजे हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दै छन्।

शनिबार बिहान फाइनलअघि भएको पत्रकार सम्मेलनमा आर्मी क्लबका सहायक कोच चक्र तामाङले सुरुदेखि नै आर्मी आक्रामक खेल्ने टिम भएकाले कुनै पनि हालतमा उपाधि जित्ने गरी खेल खेल्ने दाबी गरे।

देशका विभिन्न प्रतियोगितामा आर्मी क्लबले उपाधि जित्दै आएकाले त्यही रणनीतिअनुसार अगाडि बढ्ने बताए। क्लबका कप्तान नवयुग श्रेष्ठले विपक्षी टिम पनि बलियो भएकाले रणनीतिअनुसार नै अघि बढ्ने र उपाधि जित्ने दाबी गरे।

यता नेपाल पुलिस क्लबका कोच चेतन श्रेष्ठले नेपालमा भएको विभिन्न गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्ने गरेकाले यसपटक पनि जित्नेमा कुनै शंका नरहेको बताए। 
पुलिस क्लब विभिन्न रणनीतिक तयारीका साथ प्रतियोगीतामा भिड्ने भएकाले कुनै पनि हालतमा उपाधि जित्ने गरी खेल खेल्ने उनको भनाइ छ। सो क्लबका कप्तान राम बाजीले आर्मी क्लबलाई हराउन टिमको भूमिका हुने भएकाले सोहीअनुसार अघि बढ्ने बताए।

बुधबार भएको पहिलो सेमिफाइनमा पुलिस क्लबले आयोजक भेट्रान सिटी क्लबलाई सडन डेथमा हराएर फाइनलमा प्रवेश गरेको हो। बिहीबार भएको दोस्रो सेमिफाइनमा आर्मीले संकटा क्लबलाई १–० गोलले हराएर फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो।

मधेश प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउनेछ।