१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशका १३ अस्पताल विकास समितिको अध्यक्ष मनोनीत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२३:oo

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्ष मनोनीत गरिएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार १३वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको शाखा अधिकृत अमरबहादुर वलीले बताए। उनका अनुसार दुईवटा प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष टुंगो लगाइएको हो।  

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवनप्रसाद श्रेष्ठलाई मनोनीत गरिएको हो। त्यस्तै, प्युठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डीराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लीलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ। 

त्यस्तै, कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा. अनन्तकुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनीलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई मनोनीत गरिएको हो।