१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक २४ शुक्रबार ११:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक २४ शुक्रबार ११:२०:००

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकल ल्याएको छ । कम्पनीले फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टिभिएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायतका विशेषता भएको मोटरसाइकल ल्याएको हो । 

यो मोटरसाइकल रेसिङ पफर्मेन्स सुविधासहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीको भनाइ छ । यो मोटरसाइकलले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मुथ र आरामदायी यात्राको सुनिश्चितता दिने कम्पनीको दाबी छ ।

मोटरसाइकल सार्वजनिक गर्दै टिभिएस मोटर कम्पनीका कन्टिनेन्ट हेड एम जे ठङ्गाराजनले नेपालमा विशेष प्राथमिकताका साथ दुई तथा तीनपांग्रेका रेन्जहरू उपलब्ध गराइरहेको बताए । नयाँ सार्वजनिक गरिएको मोटरसाइकल नेपाली राइडर्सका लागि वल्र्ड क्लास अफरिङ प्रदान गर्ने उद्देश्यसहित आएको उनको भनाइ थियो । 

टिभिएस मोटर कम्पनीका हेड बिजनेस–प्रिमियम विमल सम्ब्लिले नयाँ २०२४ टिभिएस आपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकलले नेपाली बजारमा नयाँ कीर्तिमान स्थापना गर्ने विश्वास व्यक्त गरे । यसमा रहेका नयाँ विशेषता तथा पफर्मेन्सले मूल्यको सही प्रतिफल प्रदान गर्दै नेपाली राइडर्सका लागि उत्सुकता पस्कने उनको भनाइ थियो ।