१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिभिएस अपाचे आरआर ३१० ले भारतमा राख्यो नयाँ कीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१९:oo

दुई र तीनपांग्र्रे सवारीसाधनको निर्माता टिभिएस मोटर कम्पनीले उत्पादन गरेको अपाचे आरआर ३१० मोटरसाइकलले भारतमा नयाँ कीर्तिमान राखेको हो । अपोलो अल्फा एच१ टायर्स रहेको टिभिएस अपाचे आरआर ३१० मोटरसाइकलले नयाँ भारतीय राष्ट्रिय स्पिड इन्डोरेन्सको कीर्तिमान कायम गरेको हो । 

२४ घन्टे स्पिड इन्ड्योरेन्स चुनौतीको भागका रूपमा कम्पनीले एसियाकै सबैभन्दा लामो हाइस्पिड ट्र्याक मानिएको एनएट्र्याक्स इन्दौरमा ३,६५७.९२ केएमएसको कीर्तिमान कायम गरेको जनाइएको छ । टिभिएस रेसिङद्वारा अद्वितीय ट्र्याक वेपन कार्पमा निर्माण गरिएको टिभिएस अपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रमाणित भएको कम्पनीको दाबी छ । एक सय ७३ किलोमिटर प्रतिघन्टाको अधिकतम गति र एक सय ५२ किमि प्रतिघन्टाको औसत गतिका साथ यो मोटरसाइकलले रेसट्र्याकमा आफ्नो प्रभुत्व प्रमाणित गरेको कम्पनीको दाबी छ ।   

कम्पनीको ‘ट्र्याक टु रोड’ दर्शनको प्रवद्र्धन गर्दै टिभिएस अपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको कोसेढुंगा प्राप्त गर्न सफल भएको जनाइएको छ । कम्पनीका बिजनेस हेड विमल सुम्ब्लीले भने, ‘यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो । 

टिभिएस अपाचे आरआर ३१० द्वारा ट्र्याकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ । यो हामी सबका लागि गर्वको क्षण हो ।’ यो कीर्तिमानी उपलब्धिले टिभिएस अपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनका रूपमा स्थापित गरिदिएको उनको दाबी थियो । 

 यस्तो थियो चुनौती
टोलीमा रहेका १८ जना चालकले तीनवटा टिभिएस अपाचे आरआर ३१० मोटरसाइकलहरूमा रिले गरेका थिए । चुनौतीकै एक भागका रूपमा सवारहरूले औसत गति एक सय ५२ किमि प्रतिघन्टामा कुल ३२२ ल्याप कभर गरेको जनाइएको छ । 
रेकर्ड गरिएको शीर्ष गति एक सय ७३ किमि प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । २४ घन्टाको समयमा ३,६५७.९२ किलोमिटरको दूरी कभर गरेबापत इन्डिया बुक अफ रेकर्डमा प्रवेश गरेको कम्पनीले उल्लेख गरेको छ । 

ad
ad