१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मूल ठेकेदारको लापरबाहीले आयोजनाहरूकाे काममा ढिलाइ : सांसद राउत

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

सप्तरी–२ बाट निर्वाचित संघीय सांसद डा. चन्द्रकान्त राउत संयोजकत्वको संघीय संसदीयको उपसमितिले जिल्लामा निर्माणाधीन आयोजनाहरूको अनुगमन गरेको छ।

संसदीय पूर्वाधार विकास समितिको निर्णयानुसार उनीहरूले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका राजविराजस्थित बसपार्क, सपिङ कम्प्लेक्स, अस्पताल, हुलाकी राजमार्गअन्तर्गतको राजविराज–पकली कन्चनपुर सडकखण्ड, कठौना–पातो सडकखण्ड, बलान नदीदेखि राजविराजसम्मको सडक खण्ड, रुपनी–राजविराज–हनुमाननगर सडक खण्ड, राजविराज–छिन्नमस्ता सडक, रुपनी कटैया छिन्नमस्ता सडक, भारदह डेढहा–पकरी सडक र इनरुवा–तिलाठीकोइलाठी सडक आयोजनाको स्थलगत अनुगमन गरेका हुन्।

बिहीबार बिहान अनुगमनपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसमितिका संयोजक राउतले मूल ठेकेदारहरूको लापरबाहीको कारण निर्माणमा ढिलाइ भएको बताए। ‘मूल ठेकेदारहरूको लापरबाहीले आयोजनाहरू तयार हुनमा विलम्ब भएको हो,’ उनले भने, ‘अस्पतालको भवन, सपिङ कम्प्लेक्समा काम भएको छ। सही तरिकाले काम गरियो भने दुई तीन महिनामा काम पूरा हुन्छ।’
 
राउतले संसदीय अनुगमन समिति आइरहेको बुझ्दासमेत मूल ठेकेदार निर्माणस्थलमा नरहेकोप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘अनुगमन टोली आइरहेको बुझे पनि उनीहरू आएनन्, चरम लापरबाही देखाएका छन्।’ 

आगामी कारबाहीका सम्बन्धमा समितिमा प्रतिवेदन पेस गरी ठेकेदारसँग छलफल गरिने उनको भनाइ छ। उनले भने, ‘संसदीय समितिमा प्रतिवेदन पेस गर्नेछौँ, ठेकेदारसँग बसेर छलफल गर्ने छौँ, त्यसपछि पनि काम गर्न लापरबाही गरे कारबाही अगाडि बढाउँछौँ, कालोसूचीमा राख्न सिफारिस गर्छौं।’

अनुगमन टोलीमा सप्तरी–३ बाट निर्वाचित सांसद दिनेश यादव, सांसदहरू निशा डाँगी र विना लामा, सुशीला श्रेष्ठ रहेकी थिइन्।