१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कूटनीतिक मामिलाविज्ञ नेपाल पोर्चुगलको राजदूतमा सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५२:oo

कूटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रूपमा सक्रिय कांग्रेसका युवा नेता सनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन्। 

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशिता, सञ्चारलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका थिए। 

उनले कांग्रेसमा संसद्, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रूपमा परामर्श दिने गरेका थिए। उनले दर्जनौँ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघसंस्थाहरूमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्। 

पाल्पामा जन्मेका नेपाल बाल्यकालदेखि नै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहेका थिए। विद्यालयमा नेविसंघको अध्यक्ष हुँदै सुरु भएको उनको नेविसंघ यात्रा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो।

त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकायतर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुनशास्त्रका समेत विद्यार्थी हुन्। 

युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा समस्या भएको भन्दै त्यहाँस्थित नेपालीले तत्काल दूतावास स्थापना गर्दा दबाब दिँदै आएका थिए। 

मन्त्रिपरिषद्को यो निर्णयले पोर्चुगलमा रहेका नेपालीले खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली रहेको बताइएको छ।