१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

तनहुँमा दोहोरी प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

दूरदराजमा लुकेर बसेका तथा लोप हुन लागेका कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित तनहुँमा लोकदोहोरी प्रतियोगिता आयोजना हुने भएको छ। 

स्थानीय सृष्टि नेपाल सामाजिक संस्थाले ‘लोकदोहोरी प्रतियोगितामा भाग लिऔँ, कला संस्कृतिको जगेर्ना गरौँ’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागेको हो।

संस्थाले प्रत्येक समूहमा पाँचजना कलाकार मात्र सहभागी हुन पाउने जनाएको छ। त्यस्तै, सहभागी कलाकारले राजनीतिक एवं व्यक्तिगत आक्षेप लगाउने गीत गाउन नपाउने नियम रहेको जनाएको छ। 

गीतमा सामाजिक, ऐतिहासिक, सांस्कृतिक, मौलिक एवं रीतिरिवाज, संस्कार र मायाप्रेमसँग सम्बन्धित हुनुपर्ने जनाइएको छ। सहभागी कलाकारका लागि वाद्यवादनको व्यवस्था आयोजकले नै गर्ने उल्लेख छ। यसका लागि २४ गतेसम्म प्रतियोगी टिमले नाम दर्ता गराउन पाउने जनाइएको छ।