१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक २३ बिहीबार ०८:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिमरा विमानस्थलमा हवाई इन्धन डिपो राख्न सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक २३ बिहीबार ०८:०९:००

सिमरा विमानस्थलमा उडान र अवतरण गर्ने जहाजका लागि हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरण (क्यान)को सिमरा कार्यालय र नेपाल आयल निगम लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्री र आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादवले हस्ताक्षर गरेका छन् । क्यानले सिमरा विमानस्थलमा पाँच कट्ठा जमिन उपलब्ध गराउने र सो स्थानमा कार्यालय राखेर निगमले हवाई इन्धन सेवा सुचारु गर्ने सम्झौतामा उल्लेख छ ।

निगमको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले छठलगत्तै सिमरा विमानस्थलमा हवाई इन्धन सुविधा उपलब्ध गराउने बताए । ‘सिमरा विमानस्थलमा उडान र अवतरण गर्ने विमानहरूलाई छठलगत्तै हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउनेछौँ थानीले भने । आन्तरिक उडान गर्ने वायु सेवा प्रदायकले सिमरालाई वैकल्पिक विमानस्थल बनाउन हवाई इन्धन भर्ने सुविधा हुनुपर्ने भन्दै माग राख्दै आएका थिए ।

काठमाडौंमा मौसम वा अन्य कारणले जहाज अवतरण गर्न नसक्दा सिमरा छोटो र सीधा रुट भए पनि इन्धन भर्ने सुविधाको अभावमा विमानहरू विराटनर वा भैरहवा डाइभर्ट गर्नुपर्ने बाध्यता छ । तर, अब इन्धन भर्ने सुविधा सुचारु हुने भएपछि सिमरामा नै जहाज डाइभर्टन गर्न सजिलो हुने क्यानको सिमरा विमानस्थल कार्यालय प्रमुख खत्रीले बताए ।