१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आयल निगमको धनगढी डिपो प्रमुखमा ओझा, वीरगन्जमा ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:३७:oo

नेपाल आयल निगम लिमिटेडले रिक्त रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुखमा प्रबन्धक सतिश ओझालाई जिम्मेवारी दिएको छ। करिब एक महिनाअघि धनगढी डिपो प्रमुख मोहनकुमार साहको केन्द्रीय कार्यालयमा सरुवा भएपछि उक्त पद रिक्त थियो।

यसैगरी, वीरगन्ज शाखा कार्यालयको प्रमुखमा रमेश ज्ञवालीलाई पठाइएकाे छ। त्यहाँ कार्यरत मनोजकुमारलाई काठमाडौंको सिनामंगल हवाई इन्धन कार्यालयमा सरुवा गरिएको छ भने विराटनगर विमानस्थलमा हवाई इन्धन वितरण गर्दै आएको निगमको हवाई इन्धन कार्यालय प्रमुखमा नवीन खनाललाई पठाइएको छ। त्यहाँ कार्यरत सनम कार्कीलाई कोशी प्रादेशिक कार्यालय, विराटनगरमै जिम्मेवारी दिइएको स्रोतले जानकारी दियो।

पहिलोपटक कार्यालय प्रमुखको जिम्मेवारी

रोचक के छ भने निगमले सरुवाको निर्णय लिँदा ओझा, ज्ञवाली र खनालले पहिलोपटक कार्यालय प्रमुखको जिम्मेवारी पाएका हुन्। विगतमा अनुभव भएकालाई डिपो प्रमुखमा छनोट गर्ने प्रवृत्ति थियो। यसपटक भने नयाँलाई जिम्मेवारी दिएर कार्यालय प्रमुखका रूपमा थप कर्मचारी उत्पादन गर्न खोजिएको छ।

अहिले निगममा कार्यालय प्रमुखको जिम्मेवारी लिने सीमित कर्मचारी मात्रै छन्। जसकारण उनीहरूले नै बारम्बार मौका पाउने र अन्य कर्मचारीहरू अनुभव र योग्यताको परीक्षण हुन नपाउँदा पछि पर्ने गरेका छन्। आयल निगमभित्र डिपो प्रमुखलाई सबैभन्दा आकर्षक पद मान्ने गरिएको छ।

निगम व्यवस्थापनले धनगढी डिपोको अप्रेसन विभाग हेर्ने खगेन्द्र अधिकारी र लेखा प्रमुख प्रबिन पौडेलको पनि इन्धन डिपो, नेपालगन्ज सरुवा गरेका छ। धनगढीको लेखा प्रमुखमा भैरव रावललाई जिम्मेवारी दिएको छ। रावल गण्डकी प्रादेशिक कार्यालय, पोखराबाट सरुवा भई धनगढी पुगेका हुन्। पोखराको लेखा प्रमुखमा रमेश तिवारीले जिम्मेवारी पाएका छन्।

ad
ad